मानसिक स्वास्थ्य परिषद् गठन गर्न सांसद केपी खनालको माग
setopati.com · Wed Jul 15 08:39:19 GMT 2026

प्रतिनिधिसभा सदस्य केपी खनालले मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकतामा राख्दै स्वायत्त र प्रभावकारी ‘मानसिक स्वास्थ्य परिषद् (मेन्टल हेल्थ काउन्सिल)’ गठन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले नेपालमा बढ्दो तनाव, डिप्रेसन, चिन्ता र आत्महत्याका घटनाले मानसिक स्वास्थ्य अब स्वास्थ्य क्षेत्रको मात्र नभई सामाजिक तथा राष्ट्रिय चुनौतीका रूपमा स्थापित भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)