विना योजना जब्बरजस्ती सुकुमबासी हटाउँदा सरकारलाई सम्हाल्न धौंधौं परेको छ : सांसद राई
annapurnapost.com · Wed Jul 15 08:38:15 GMT 2026

काठमाडौं : नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले बिना योजना सुकुमबासीलाई हटाउँदा अहिले सरकारलाई सम्हाल्न धौंधौं परिरहेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै एमाले सांसद राईले सुकुमबासीहरुलाई जब्बरजस्ती निकालेका कारण अहिले ठूलो समस्या बनेको र सरकारलाई समाधान गर्न धौंधौं परिरहेको बताएका हुन् ।
उनले अहिले अर्थ मन्त्रालयले अस्थायी कर्मचारीलाई हटाउन खोजिरहेको बताउँदै उनीहरुलाई हटाइए झन जटिल समस्या हुने बताए । सांसद राईले अर्थ मन्त्रालयका करार कर्मचारीलाई नहटाउन सरकारलाई सुझाब दिँदै सांसद राईले यस्ता कच्चा खेल नखेल्न आग्रह गरे । उनले बर्षौ सेवा गरेका कर्मचारीलाई रोजगारी नभई रहेको अहिलेको जटिल अवस्थामा हटाउन नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)