बाढी र डुबानबाट समस्यामा भजनीवासी
nepalsamaya.com · Mon Jul 17 16:37:00 GMT 2023
भजनी- कैलालीको भजनी नगरपालिकाका लालबहादुर कामीको घर कान्द्रा नदीबाट पाँच सय मिटरभित्र छ। उनको घर सधैँ कान्द्रा नदीको बाढीले बर्खाको समयमा डुबान हुन्छ। घर डुबानमा परेपछि हुलाकी राजमार्गमा त्रिपालमा दुई महिनासम्म बिताउनुपर्ने बाध्यता लालबहादुरको परिवारलाई छ।
“बर्खा सकिएपछि हाम्रो दुःख सकिन्छ, बर्खा लाग्यो भने हाम्रा दुःखका दिनको सुरुवात हुन्छन्”, लालबहादुर भन्छन्, “त्यो दुःख कान्द्रा नदी हो, बाजेबुवाले भोग्दै आएको दुःख हामी पनि भोग्दैछौँ, हाम्रा पछिका सन्ततिले पनि छुटकारा पाउने आश छैन।”
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)