मेटिँदै गए भोजपुरमा पुराना पुस्तकालय, युवाहरू किताबभन्दा ज्यादा माेबाइलमै व्यस्त
shilapatra.com · Sat Sep 02 00:00:00 GMT 2023
१५ भदाै २०६५ देखि राष्ट्रिय पुस्तकालय दिवस सरकारी तवरबाट नै मनाउन सुरु गरिए पनि दिवस मनाउने परम्परा मात्र बनेको छ । पुराना ऐतिहासिक पुस्तकालयसमेत संरक्षण र सम्वर्धनकाे अभावमा इतिहास मात्र बन्दै गएका छन् ।
तत्कालीन मेजर जरनल मृगेन्द्रशमशेर जङ्गबहादुर राणाबाट २००५ सालमा अनुमति प्राप्त भएको भोजपुर सदरमुकाममा रहेको ऐतिहासिक श्रीराम अमर सहिद पुस्तकालयको हालत पनि अहिले त्यस्तै छ । पुस्तकालयभित्र पुस्तक छन्, तर भूकम्पले घरमा क्षति गरेकाे भन्दै २०७२ सालबाट पूर्ण बन्द गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)