ऋण र बेरोजगारीका कारण नागरिक चरम मानसिक तनावमा परेका छन् : सांसद भाट
shilapatra.com · Wed Jul 15 09:04:43 GMT 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले ऋण र बेरोजगारीका कारण नागरिक चरम मानसिक तनावमा परेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बैंकको ऋण र वित्तीय मिटरब्याजको समस्याका कारण देशमा युवाहरूले आत्मदाह र आत्महत्या गर्ने क्रम बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद भाटले संसदमा बोल्दै गणेश नेपाली जस्ता युवाहरू बेरोजगारीका कारण काठमाडौं आउनुपरेको र ऋण तिर्न नसकेर आत्मदाह गर्नुपर्ने पीडादायी घटना भएका बताए । ‘गणेश नेपालीको आत्मदाहपछि पनि अन्य तीन जना युवाले आत्महत्या गरिसकेका छन्,’ उनले भने, ‘नेपालमा बैंकको ऋण र वित्तीय ब्याजको मानसिक तनावका कारण दैनिक औसत १८ जनाले ज्यान गुमाउने स्थिति सिर्जना भएको छ । यसलाई तत्काल नरोकिए देश गम्भीर संकटतर्फ धकेलिनेछ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)