कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन
pahilopost.com · Tue Jul 04 17:08:16 GMT 2023
काठमाडौँ: कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन बनेको छ। श्रीकान्तिराव स्टेडियममा आज सम्पन्न फाइनल खेलमा आमन्त्रित टोली कुवेतलाई हराउँदै भारत साफ च्याम्पियन बनेको हो।
प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा रोकिएको थियो। खेलको १४ औँ मिनेटमा शबिब अल खालदीको गोलमा कुवेतले अग्रता बनाएको थियो। तर, ३८ औँ मिनेटमा लल्लियानज़ुआला चांगटेले भारतका लागि गोल फर्काउँदै खेल बराबरीमा ल्याए। नेपालका रेफ्रो प्रज्वल क्षेत्रीले खेलाएको खेलको दोस्रो हाफमा दुबै टोलीले राम्रो प्रदर्शन गरे पनि गोल गर्न भने असफल भए। निर्धारित समयमा निर्णायक गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। जसमा पनि गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)