मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गयो, १० जना घाइते

Ujyaaloonline.com · Fri Oct 24 23:53:07 GMT 2025

काठमाण्डौ – रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–७ लिस्नेको भित्री सडकखण्डमा जिप दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ । १० जना घाइते भएका छन् ।

हिजो बेलुकी सदरमुकाम खलङ्गाबाट आठबिसकोट नगरपालिका–२ स्यालाखदी जाँदै गरेको रा १ ज ४२२ नम्बरको जिप सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सात जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)