शताब्दी पुरुष जिसी भन्नुहुन्छ ‘अस्पताल भर्ना भएको र औषधी खाएको छैन् ’
barnanmedia.com · Sat Oct 25 00:04:36 GMT 2025

काठमाडौँ, ८ कात्तिकःखैरो रङको स्वीटर र कोट, निलो ट्याक पाइन्ट र ढाका टोपी पहिरन लगाउनुभएका लालबहादुर जिसीको चाउरीको अनुहारमा शुक्रबार दिउँसो छुट्टै चमक थियो । उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो आफ्नै आँगनमा जनप्रतिनिधि, छिमेकी र परिवारका सदस्यहरुको उपस्थितिमा एक सयौ जन्मदिन मनाउन पाउनु । जलजला गाउँपालिका–२ ओखरबोटका जिसीले सम्मानपछि खुलेर मनको कुरा र जीवन भोगाईका अनुभव सुनाउनुका साथै भलाकुसारी गर्नुभयो ।
साठी वर्षसम्म खेतीकिसानी र घुम्ती गोठमा पशुपालन गरेर पाँच सन्तान हुर्काएका जिसीले अहिलेसम्म बिरामी भएर अस्पतालन भर्ना नभएको र एलोपेथिकको औषधी सेवन् नगरेको सुनाउनुभयो । “दूध, घ्यु, दही, माछा, मासु, विषादी र रासायनिक मलको प्रयोग नगरीकन उत्पादन भएको ताजा तरकारी, फलफुल उपभोग गरेको हुँदा अस्पताल भर्ना हुने गरि बिरामी परेको छैन,” जिसीले भन्नुभयो “सामान्य बिरामी हुदा गाउँघरमै पाइने जडिबुटी खाएर निको भएको छु ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)