मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले २४ असोजमा विश्वासको मत लिने

nayapatrikadaily.com · Sat Oct 09 00:43:00 GMT 2021

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले २४ असोजमा विश्वासको मत लिने भएकी छिन् । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले भने दसैँपछि मात्र विश्वासको मत लिने तयारी गरेका छन् । गत २५ भदौमा एमाले विभाजनको आधिकारिक पत्र प्रदेश सभामा दर्ता भएसँगै अल्पमतमा परेकी शाक्यले एक महिना पूरा हुने अघिल्लो दिन विश्वासको मत लिने भएकी हुन् । निर्वाचन आयोगको प्रदेश १ कार्यालयले भने २७ भदौमा एमाले विभाजनको पत्र बुझाएको थियो । तर, २६ असोजपछि दसैँ बिदा परेकाले आचार्यले दसैँपछि ५ कात्तिकमा मात्र विश्वासको मत लिने तयारी गरेका हुन् ।

संविधानको धारा १८८ को उपधारा (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीन दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभासमक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाबमोजिम शुक्रबार मुख्यमन्त्री शाक्यको तर्फबाट उनका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेश सभा सचिव कृष्णहरि खड्कासमक्ष विश्वासको मत प्राप्त गर्न प्रस्ताव पेस गर्ने सूचना बुझाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)