क्रिप्टो करेन्सीको कारोबारमा राष्ट्र बैंकको कडाई
imagekhabar.com · Wed Jan 26 16:32:47 GMT 2022
काठमाडौं, माघ १२ । भर्चुअल हुने क्रिप्टोकरेन्सीको कारोबार नेपालमा गैर कानुनी मानिन्छ । डिजिटल रुपमा विश्वभर नै करिब १५ हजार मुद्राबाट गरिने क्रिप्टोकरेन्सी कारोबारलाई विश्वका १ सय ४५ देशले वैधानिकता मान्यता दिएका छन् । नेपालको रेमिट्यान्स क्षेत्रमा समेत प्रभाव पार्न सक्ने आंकलन गरिएको यो कारोबार नेपालमा पनि छिटफुट हुन थालेपछि राष्ट्र बैंक कडाईमा उत्रिएको छ ।
भौतिक कुनै कारोबार नहुने क्रिप्टोकरेन्सीे हाईपर फन्डमा लगानी गरेर उच्च प्रतिफल पाईन्छ भन्दै नागरिक ठगिन थालेको राष्ट्र बैंकको निष्कर्ष छ । नेपालीको रकम बाहिरिन्छ भन्ने सूचनाको आधारमा राष्ट्र बैंकले सतर्कता अपनाएको हो । क्रिप्टो भन्नाले गोप्य र करेन्सी भन्नाले मुद्रा हो । २००९ मा जापानी नागरिक सन्तोषी निकामातोले क्रिप्टोकरेन्सीको कारोबारको औपचारिक शुरुवात गरेका थिए । कुनै रकम वा नोट नहुने तर अनलाईनबाट डिजिटल कारोबार मार्फत किनबेच गर्न सकिने क्रिप्टोकरेन्सी संसारभर डिजिटल रेकर्डका आधारमा किनबेच हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)