मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कहिले सुध्रने सामाजिक व्यवहार !

rajdhanidaily.com · Sun Dec 19 23:17:58 GMT 2021

यतिबेला देशका केही ठूला भनिएका दल नेकपा एमाले र नेपाली कांग्रेसको महाधिवेशन सकिएको छ । नेकपा माओवादी केन्द्रको भने सुरु भइरहेको अवस्था छ । राप्रपा, नेकपा मालेलगायतका साना दलहरूको अधिवेशन यसअघि नै सकिइसकेको छ । महाधिवेशन मूलतः आफ्ना दलका प्रतिनिधिको उपस्थितिमा नेतृत्व चयन गर्ने मुद्दामा केन्द्रित हुने गर्छ । यसकारण महाधिवेशन कम खर्चिलो र बढी विचारोन्मुख हुनुपर्ने हो । तर, ठूला भनिएका दलहरूको महाधिवेशन यसपपटक खर्चले पनि निकै चर्चामा रह्यो ।

अघिल्लो साता नेपाली कांग्रेस सम्बद्ध एक जना राजनीतिककर्मीकी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र शाहको उपस्थिति भएछ । उक्त परिवार मात्र होइन केही सामाजिक सञ्जालहरूले समेत सो उपस्थितिलाई गौरवका साथ बढाइचढाइ गरेर समाचार सम्प्रेषित गरेको पाइयो । मानौं पूर्वराजाको उपस्थिति उनीहरूका लागि प्रतिष्ठाको विषय मात्र बनेन, सामाजिक हैसियत उराल्ने कडीसमेत बन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)