घरेलु मैदानमा लेस्टरको संघर्षपूर्ण जित - देखापढी
dekhapadhi.com · Sat Aug 14 16:10:00 GMT 2021
एजेन्सी। जेमी भार्डेको गोलमा लेस्टर सिटीले आज इङ्लिस प्रिमियर लिगमा उल्भरह्याम्पटनविरुद्ध १–० को संघर्षपूर्ण नतिजा निकालेको छ। लेस्टरको जितमा भार्डेले ४१औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। भार्डेले रिकार्डो पेरेराको पासमा गोल गरेका थिए। एफए कप विजेता लेस्टरले सिजन सुरु हुनुअघि लिग विजेता म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै कम्युनिटी शिल्डको उपाधि जितेको थियो। लेस्टरले २४ अगष्टमा वेष्ट ह्यामको भ्रमण गर्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)