मकवानपुरमा चरेस र गाँजासहित तीन जना पक्राउ
Ujyaaloonline.com · Wed Jan 12 14:41:33 GMT 2022
मकवानपुर – मकवानपुरमा लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मनहरी गाउँपालिका ८ सिमपानीबाट २० किलो पाँच सय ग्राम चरेस र १० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
आज बुधवार दिउँसाे ३ बजेकाे समयमा चितवनबाट हेटौँडा आउँदै गरेको लु ३ च ९७४ नम्बरकाे भ्यानलाई प्रहरीले रोकेर जाँच गर्ने क्रममा चरेस र गाँजा फेला परेको हो । मकवानपुर प्रहरीले विशेष सूचनाको आधारको आधारमा भ्यान जाँच गर्दा चरेस, गाँजाको धुलोसहित तीन जनालाई पक्राउ गरेकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)