सत्ताको चास्नीमा डुबुल्की
ekantipur.com · Fri Mar 15 00:36:23 GMT 2024
गत फागुन २३ मा उपप्रधानसहित गृह मन्त्रालयको कार्यभार दोस्रो पटक सम्हाल्न आइपुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला पिँजडाबाट छुटेको सुगाजस्तै खुसी देखिन्छन् । कतै न कतैबाट सरकारमा जाने बाटो कुरेर बसेका उनका लागि यसपटक काकताली नै परेको मान्नुपर्छ ।
यसरी सत्ता गठबन्धन परिवर्तन होला र आफू यति छिटो र सहजै मन्त्री हुन पाइएला भन्ने न रविको कल्पनामा थियो न अरू कसैको । कांग्रेससँगको गठबन्धन टुटाएर एमालेसँग मिल्ने र आफ्नै नेतृत्वको सरकारलाई निरन्तरता दिने योजना त प्रधानमन्त्री पुष्पकमल दाहालले पहिल्यै बुनेको हुनुपर्छ तर यति छिट्टै र सहजै होला भन्ने उनको सोचाइमा पनि सायद थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)