मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा एक सय ९३ जना नेपाली दूतावासको सम्पर्कमा, राजधानी र पूर्वी क्षेत्रबाट सुरक्षित ठाउँतर्फ जाँदै

Ujyaaloonline.com · Sat Feb 26 01:02:35 GMT 2022

काठमाण्डाै - युक्रेनमा रहेका नेपालीहरु सुरक्षित रहेको र सम्पर्क भइरहेको जर्मनीमा रहेको नेपाली दूतावासले जनाएको छ । बर्लिनमा रहेको नेपाली दूतावासका अनुसार एकसय ९३ जना नेपाली सम्पर्कमा आएका छन् ।

युक्रेनमा दुई सयभन्दा बढी नेपाली रहेको दूतावासको अनुमान छ । रुसले पूर्वी भागमा आक्रमण गरेकाले पश्चिमी क्षेत्र सुरक्षित रहेको भन्दै दूतावासले त्यता जान आग्रह गरेको छ । युक्रेनको राजधानी र पूर्वी क्षेत्रमा रहेका नेपाली स्थलमार्गबाट सुरक्षित ठाउँतर्फ गइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)