सरकारलाई कांग्रेसको समर्थनपछि के भन्छन् सत्तारूढ दलहरू ?
nayapatrikadaily.com · Thu Jan 12 00:29:00 GMT 2023
कांग्रेसले समेत विश्वासको मत दिएकोमा उत्साहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले राष्ट्रिय सहमतिको रूप लिएको अभिव्यक्ति दिइरहँदा अन्य साझेदार दलले भने मिश्रित प्रतिक्रिया दिएका छन् । सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनलाई एमालेले दाउपेचका रूपमा बुझेको छ भने अन्य दलले सकारात्मक रूपमा लिएका छन् ।
सिंगो संसद्को विश्वास पाएर प्रधानमन्त्री बन्न सफल भएको प्रचण्डको भनाइ छ । ‘संसद्मा कांग्रेससहित दलहरूले विश्वासको मत दिएपछि यसले राष्ट्रिय सहमतिको सरकारको स्वरूप लिएको छ । सबै मिलेर देश बनाउनुपर्छ भन्ने भावना व्यक्त भएको छ,’ प्रचण्डले गोरखामा बुधबार आयोजित कार्यक्रममा भने । संसद्मा प्राप्त विश्वासले नेपाल राष्ट्रको, नेपाली जनताको र गोर्खाली जनताको समेत सम्मान भएको प्रधानमन्त्रीको दाबी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)