राष्ट्रिय सभा खारेज गर्नुपर्छः अध्यक्ष लिङदेन
rajdhanidaily.com · Tue Mar 19 23:21:17 GMT 2024
वीरगन्ज । नेपालको ‘राष्ट्रिय सभा मुलुकले धान्न नसक्ने भएकोले खारेज गरिनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले बताएका छन् । पर्साको वीरगन्जमा भएको राप्रपाको बिशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘संघीय व्यवस्थाको कारण राजनीतिक जनप्रतिनिधि मात्र ३६ हजार बढि भएर मुलुक आर्थिक रुपमा टाट पल्टाई सकेकोले खर्च कटौतिका लागि अब संघीय गणतन्त्र सहित राष्ट्रिय सभा पनि खारेजी गरिनु पर्छ उनले भने । यहि व्यवस्था रहे मुलुकले अब आर्थिक भार थेग्न सक्दैन उनले थपे । त्यसैले अब राष्ट्रिय सभा र जिल्ला समन्वय समिति जस्ता राजनीतिक कार्यकर्ता पाल्ने संयन्त्र खारेज गरिनु पर्ने उनको भनाइ छ । यसको साथै सांसद संख्या पनि निकै कम बनाउनु पर्छ, ती सांसद पनि मन्त्री बन्न नपाउने गरी बनाइनु पर्ने उनको सुझाव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)