लुम्बिनीका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, भोलि शपथ
onlinekhabar.com · Sat Feb 11 16:42:58 GMT 2023
२८ माघ,बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद विस्तार भएको छ । मुख्यमन्त्री लिला गिरीले सत्ता साझेदार ४ दलका ७ जना मन्त्रीलाई नियुक्त गर्नुका साथै मन्त्रीहरुको कार्य विभाजन गरेका हुन् ।
पुस २७ गते विना विभागीय मन्त्री बनेका २ जना सहित ९ जनालाई मन्त्रालयको कार्य विभाजन भएको हो । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ (९) अनुसार मन्त्रीहरुको नियुक्ति र कार्य विभाजन गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता ऋषिराम पन्थीले विज्ञप्तिमार्फत जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)