मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मोरङ ३ (१) मा शुक्रबार उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिँदै

nepallive.com · Fri Nov 11 00:19:00 GMT 2022

काठमाडौं – मोरङ क्षेत्र नम्बर ३, प्रदेश सभा (१) का लागि आज (शुक्रबार) उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ। शुक्रबार नै उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरिने पनि निर्वाचन आयोगले जनाएको छ।

नेपाली कांग्रेसका उम्मेदवारको निधन भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रका लागि निर्वाचनको नयाँ कार्यतालिका प्रकाशित गरेको हो। यो क्षेत्रमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएको थियो। आयोगले बुधबार अपराह्न नै नयाँ कार्यतलिका प्रकाशित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)