मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा
pahilopost.com · Wed Dec 14 20:57:23 GMT 2022
फिफा विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मोरोक्कोलाई हराउँदै फ्रान्स फाइनलमा प्रवेश गरेको छ। कतारको दोहास्थित अल बायेत स्टेडियममा सम्पन्न खेलमा अफ्रिकी टोली मोरोक्कोमाथि २-० गोलअन्तरले जित निकाल्दै साविक विश्वकप विजेता फ्रान्सले लगातार दोस्रो पटक फाइनलमा स्थान सुरक्षित गरेको हो।
खेलको पाँचौ मिनेटमा थेओ हर्नान्डेजले डिफेन्डरहरुबीचको असमझदारीको फाइदा उठाउँदै रिबाउन्डमा आएको बललाई गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा दुबै टोलीले केही राम्रो अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)