मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुख्य प्रशिक्षक वाटमाेरले राजीनामा दिएका हुन् ?

Ujyaaloonline.com · Fri Aug 27 23:40:25 GMT 2021

काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले राजीनामा दिएको कुरा पुष्टि नभएको बताएको छ ।

केही भारतीय सञ्चारमाध्यमले वाटमोरले राजीनामा दिएको उल्लेख गरेपछि सामाजिक सञ्जालमा यो विषयमा चर्चा भएको छ । तर क्यानका सचिव अशोकनाथ प्याकुरेलले आफूले पनि वाटमोरको राजीनामाबारे हल्ला सुनेको तर पुष्टि नभएको उज्यालोलाई जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)