मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकार खेम भण्डारी पक्राउ

kendrabindu.com · Thu Jul 02 04:05:28 GMT 2026

कञ्चनपुर । कञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले आज बिहान ७ बजे भीमदत्त नगरपालिका–१८ बाट भण्डारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो । जिल्ला अदालत कञ्चनपुरले २०८२ साल चैतमा गालीगलौजसम्बन्धी मुद्दामा भण्डारीलाई १ वर्ष ७ दिन कैद तथा १२ हजार १ सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)