ब्राउन सुगरसहित १० जना पक्राउ
lokaantar.com · Tue Dec 14 18:14:46 GMT 2021
दाङको तुलसीपुरबाट करिब ३ ग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले मंगलबार तुलसीपुर बजार तथा आसपासका बिभिन्न क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
लागुऔषध किन्नकै लागि बजारमा चोरी बढेको भन्दै प्रहरीले बिभिन्न स्थानमा छापा मार्दा उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)