प्रेरक प्रसंग : कमण्डलुमा गोबर
nayapatrikadaily.com · Thu Dec 28 00:12:00 GMT 2023
एकपटक सन्त रामदास भिक्षा माग्दै एक घरको मूलढोकाअगाडि पुगे र भिक्षाका लागि आवाज दिए । ढोकाबाट एक महिला बाहिर निस्किइन् । उनले सन्तको झोलीमा भिक्षा खन्याइसकेपछि भनिन्– सन्त महाराज, मलाई कुनै उपदेश दिनुहोस् । उपदेशामृत पान गरेर तृप्त हुन चाहन्छु । सन्तले भने– आज होइन, म भोलि तिमीलाई उपदेश दिनेछु ।
भोलिपल्ट उनै सन्तले सोही घरमा पुगेर पुनः भिक्षाका लागि आवाज दिए । तिनै महिला हातमा मगमग बास्ना आइरहेको खिरको कचौरा लिएर बाहिर आइन् । सन्तले आफ्नो कमण्डलु अघि सारे । कमण्डलुमा खिर खन्याउनै लाग्दा महिला अचानक रोकिइन् । किनकि, कमण्डलुमा गोबर थियो । उनले भनिन्– सन्त महाराज, कमण्डलुमा त गोबर रहेछ । ल्याउनुहोस् म माझेर ल्याउँछु अनि खिर हालौँला ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)