बलोचिस्तानका निजी अस्पतालहरूमा कोभिड विरुद्ध स्वास्थ्य व्यवस्था सुदृढ गर्न प्रान्तीय सर कारद्वारा निर्देशन
hamrakura.com · Wed Jun 30 00:00:00 GMT 2021
क्वेटा । पाकिस्तानमा सरकारले निजी अस्पतालहरूमा शय्या, अक्सिजन आपूर्ति तथा आइसियुको क्षमता वृद्धि गर्न निर्देशन गरेको छ।कोरोना महामारीको समयमा बलोचिस्तान प्रान्तीय स्वास्थ्य सचिवले अक्सिजन आपूर्ति, शय्या तथा आइसियुको सङ्ख्या वृद्धि गर्न निजी अस्पतालहरूलाई निर्देशन दिएका हुन्।
गत मे ३ यता सर्वसाधारणलाई कोभिड १९ विरुद्ध खोप सुविधाका लागि दुई मोबाइल युनिटहरू सञ्चालन गरेको प्रान्तीय स्वास्थ्य सचिव नुरल हक बलोचले बताएका छन्। वृद्ध उमेर समूहका नागरिकहरूले आफ्नो प्रमाणपत्र सहित उपस्थित भई खोप लगाउन सक्ने बलोचले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)