मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

किर्गिस्तानका प्रधानमन्त्रीद्वारा एससीओ विकास बैंकको छिटो स्थापना गर्न आग्रह

ratopati.com · Fri Oct 27 07:18:00 GMT 2023

किर्गिस्तानका प्रधानमन्त्री अकिल्बेक जापारोभले बिहीबार साङ्घाई सहयोग सङ्गठन (एससीओ) सदस्य राष्ट्रहरूलाई एससीओ विकास बैंक र विकास कोषको स्थापनालाई तीव्रता दिन आह्वान गरेका छन् । जापरोभले एससीओ सदस्य राष्ट्रहरूको सरकार प्रमुखहरूको परिषद्को २२ औं बैठकलाई सम्बोधन गर्ने क्रममा एससीओ विकास बैंक र विकास कोषको गठनबारे लामो समयदेखि छलफल भइरहेकाले यसले छिटो मूर्तरूप लिनुपर्ने धारणा राखे ।

हाम्रो दृष्टिकोणमा संयुक्त परियोजनाहरूको कार्यान्वयनलाई सहज बनाउन सदस्य राष्ट्रहरू बीच आपसी सम्झौताहरूमा राष्ट्रिय मुद्राको अंशमा क्रमिक वृद्धिलाई बढावा दिनुपर्ने पनि उनले बताए । जापरोभले एससीओ सदस्यहरूले यस विषयमा सहमतिमा पुग्ने आशा पनि व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)