पत्रकार खेम भण्डारी पक्राउ
nepalviews.com · Thu Jul 02 04:12:08 GMT 2026

काठमाडौं । कञ्चनपुरका वरिष्ठ पत्रकार खेम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कञ्चनपुर प्रहरीको एक टोलीले बिहीबार बिहान भीमदत्त नगरपालिका वडा नम्बर १८ बाट उनलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले पत्रकार भण्डारी पक्राउ परेको पुष्टि गरेका छन्।
प्रहरीका अनुसार भण्डारीलाई कुनै नयाँ कसुर नभई अदालतबाट यसअघि भएको फैसला कार्यान्वयनको सिलसिलामा नियन्त्रणमा लिइएको हो। अदालतले सुनाएको पुरानो फैसला बमोजिमको कानुनी प्रक्रिया पूरा गर्नका लागि उनलाई पक्राउ गरिएको प्रहरी नायक उपरीक्षक रावतले जानकारी दिए । भण्डारीले कञ्चनपुरलाई मुख्य कार्यथलो बनाएर पत्रकारिता गर्दै आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ