‘हाम्रा खेलाडी थकित थिए’
annapurnapost.com · Wed Nov 10 06:14:00 GMT 2021
दुबई : भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले आफ्ना खेलाडी शारीरिक र मानसिक रुपमा थकित रहेको बताएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी टीट्वेन्टी विश्वकपमा समूह चरणबाटै बाहिरिएपछि शास्त्रीले सो कुरा बताएका हुन्।
पाँच वर्षे कार्यकाल पूरा गर्दै राहुल द्रविडलाई जिम्मेवारी सुम्पन लागेका शास्त्रीले आफ्ना खेलाडी उत्कृष्ट भए पनि उनीहरूलाई आराम चाहिएको बताए। ‘खेलाडीलाई आरामको आवश्यकता छ’, उनले भने, ‘म आफै पनि मानसिक रुपमा थकित छु। तर, मेरा खेलाडी शारीरिक तथा मानसिक रुपमा थकित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)