उपेन्द्र यादवको आरोप, ‘पैसा बोकर सांसद खोज्दै हिँड्या छन्’
ratopati.com
अध्यादेश आएपछि उनी यति बेचैन थिए कि राति नै आफ्ना सबै सांसदलाई फोन गरेर ‘हालखबर’ सोधेका थिए । पार्टी फुटाउन सक्ने शंका लागेका सांसदहरुलाई त यादवले पटक–पटक फोन गरेका थिए । एक सांसदले रातोपाटीसँगको कुराकानीमा भने, ‘म नै अचम्ममा परेको थिएँ । राति १० बजे अध्यक्षज्यूले फोन गर्नुभयो । यसरी यति राति मलाई उहाँले कहिल्यै फोन गर्नुभएको थिएन । तर हिजो अचानक फोन गरेर के छ हाल खबर भनेर सोध्नुभयो । लकडाउनमा कसरी बसिरहनुभएको छ ? बालबच्चा कस्तो छ भनेर पनि सोध्नुभयो ? वहाँको अगाडि हुँदा पनि यस्तो प्रश्न कहिल्यै सोध्नुहुन्थेन ।’
सरकारले यो अध्यादेश राजपा र समाजवादी पार्टीलाई नै लक्षित गरेर ल्याइएको दावी गर्दै अध्यक्ष यादवले राजा महाराजको पाला जस्तै दलहरुलाई कमजोर बनाउने र शासन गर्ने काम अहिलेको सरकारबाट भइरहेको जिकिर गरे । सचिवालयको बैठकमा नै यो अध्यादेश मधेशी दलका लागि लक्षित गरेर ल्याएको कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको दाबी पनि अध्यक्ष यादवले गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)