१४ वर्ष अघिको सितापाइला हत्याकाण्डका फरार अभियुक्त १४ वर्षपछि पक्राउ
livemandu.com · Mon Jul 13 17:56:03 UTC 2020
काठमाडौं, २९ असार । काठमाडौं महानगरपालिका-४ सितापाइलास्थित कान्तिपुर मिलका संचालक मोरङ डाँगीहाट गाविस-८ घर भएका ४५ वर्षीय नातीकाजी सुवेदी र उनकै ४४ वर्षीया श्रीमती सानु सुवेदीको हत्या गरी फरार रहेका सोही मिलमा काम गर्ने सर्लाही पिपरिया गाविस-१ गयरटोल ठेगाना भएका ३४ वर्षीय जेकि भन्ने जय किशोर साहलाई घटनाको १४ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
साह र बाँकेका प्रताप रानाले धारिलो हतियार प्रहार गरी उक्त मिलका संचालक नातीकाजी र सानु सुबेदीको २०६३ पुस २० गते हत्या गरी फरार रहेका साहलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जिल्लाको भारतसँगको सीमा क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)