वर्ल्डलिंकलाई मधेस प्रदेश सरकारको आईसीटी अवार्ड
nepalsamaya.com · Thu Aug 04 07:34:55 GMT 2022
काठमाडौं– देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन्स लिमिटेडले प्रदेशको इमर्जिङ सेक्टरका लागि इनोभेसन अवार्ड प्राप्त गरेको छ। प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्नका लागि सूचना तथा सञ्चार प्रविधि आईसीटी महत्त्वपूर्ण योगदान रहेको भन्दै मधेस प्रदेशले कम्पनीलाई यो अवार्डबाट सम्मानित गरेको हो ।
मधेस प्रदेशमा समेत सञ्चालनमा रहेको, सफल व्यवसायिक मोडेल तयार पारेको, रोजगारी सिर्जना गरेको र जनताका लागि उपयोगी उत्पादन तथा सेवा ल्याएको आधारमा यस्तो अवार्ड दिइएको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले वर्ल्डलिङ्कका निर्देशक लक्ष्मण यादवलाई उक्त अवार्ड हस्तान्तरण गरिएको थियो । त्यसक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिट र प्रदेशका अन्य मन्त्रीहरूको समेत उपस्थिति रहेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामिण दूरसञ्चार विकास कोष मार्फतको परियोजना अन्तर्गत यस कम्पनीले नेपालको विकट क्षेत्र कर्णाली प्रदेशको आठै जिल्ला र गण्डकी प्रदेशको पाँच जिल्लामा सफलतापुर्वक नेटवर्क विस्तार गरि इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित: August 4, 2022 | 13:19:55
काठमाडौं, बिहीबार, साउन १९, २०७९
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)