बलिउडका किंग खान पनि थिए डिप्रेसनका शिकार
baahrakhari.com · Tue Nov 24 17:35:00 UTC 2020
मुम्बई । अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि बलिउडकर्मीहरु आफ्नो डिप्रेशनको बारेमा खुलेरै बोल्न थालेका छन् । अभिनेत्री दीपिका पादुकोण, कंगना रनौत र पछिल्लो समयमात्रै अभिनेता आमिर खानकी छोरी इरा खानले पनि आफू ४ वर्षसम्म डिप्रेशनमा रहेको बताइन् ।
यस्तैमा हालै बलिउडका किंग खानका रुपमा परिचित शाहरुख खान पनि डिप्रेशनको शिकार भएको खबर बाहिरिएको छ । यसबारे खासै खुलेर मिडियामा नआएका शाहरुखले ‘फिल्मीबीट’ मा दिएको अन्तर्वाताका क्रममा आफू पनि कुनै समय यो अवस्थामा भएको खुलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)