मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

केन्द्रीय अनुगमन समिति सक्रिय

rajdhanidaily.com · Fri Apr 02 23:17:17 GMT 2021

काठमाडौं । लामो समयदेखि निष्क्रियजस्तै हँुदै आएको केन्द्रीय अनुगमन तथा मूल्यांकन समिति सक्रिय बन्न थालेको छ । मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा रहने सो समितिको हालै बसेको बैठकले बजार अनुगमनलाई सशक्त बनाउने, नागरिकको गुनासोको शीघ्र व्यवस्थापन गर्ने, रासायनिक मलको सहज आपूर्ति व्यवस्था मिलाउने, पूर्वाधार विकासका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गर्नेलगायतका आधा दर्जन महŒवपूर्ण निर्णय गरेको हो ।

मुख्य सचिव वैरागीले अनुगमन समितिको बैठक दोस्रोपटक राखेका हुन् । विगतमा यस्ता बैठकले गरेका कैयांै निर्णय कार्यान्वयन नभई अलपत्र अवस्थामा रहने गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)