मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

संस्थागत रूपमै पोल्यान्डमा रोजगारी

abhiyandaily.com

पोल्यान्डमा रोजगारीका लागि संस्थागत रूपमा नेपाली कामदारको माग भएको छ । रोजगारीमा कामदार पठाउनका लागि दुई म्यानपावर कम्पनीले स्वीकृति पाएको वैदेशिक रोजगार विभागका निर्देशक मनोहर खनालले बताए ।

नेपालस्थित युनिभर्सल इन्रटेनसनल प्रालि र एलाइन्स ह्युमन रिसोर्स प्रालिले नेपाली कामदार पोल्यान्ड पठाउनेछन् । यी मध्ये एलाइन्सले महिला कामदार र युनिभर्सलले महिला तथा पुरुष दुवै कामदार पठाउने भएका छन् । रोजगारीका लागि ३ सय कामदारको माग आएको छ । जसमा महिला २ सय र पुरुष १ सय छन् । पोल्यान्डका तर्फबाट नोवा स्पोटका जो ओ कम्पनीले यस्तो कामदारको माग गरेको हो । यस कम्पनीले कृषि क्षेत्रका लागि सहायक कामदार माग गरको हो । नेपाली कामदारले पोल्यान्डमा मासुजन्य जनावर उत्पादन, कृषि र खेतीमा काम गर्नुपर्ने निर्देशक खनालले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)