साढे दुई करोडको काण्डमा नारायणकाजी मुछिएपछि ...
dekhapadhi.com · Thu Dec 10 16:56:00 UTC 2020
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ आज निधन भएका कमानसिंह लामासँगको आर्थिक कारोवार विवादमा मुछिएका छन्।
कोभिड-१९ का कारण आज निधन भएका कम्युनिष्ट नेता लामाले सातादिनअघि आफ्नो फेसबुक स्टाटसमा प्रवक्ता श्रेष्ठको नाम नलेखी रकम हिनामिना गरेको तथा आफ्नी श्रीमतीलाई प्रभावमा पारेर रकम खाइदिएको संकेत गरेका थिए। तर नाम उल्लेख नगरे पनि श्रेष्ठलाई नै इंगित गरेर फेसबुक स्टाटस लेखेपछि आज दिनभर त्यसको चर्चापरिचर्चा भएको थियो। साँझ एक अनलाइनले भिडियो/अडियो टेप नै सार्वजनिक गरेपछि श्रेष्ठ विवादमा झनै फसेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)