मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गरुडा नगरपालिकाको कार्यालयमा तोडफोड

rajdhanidaily.com · Wed Apr 12 23:31:17 GMT 2023

रौतहट । रौतहटको गरुडा नगरपालिका कार्यालयमा तोडफोड गर्ने प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा नगरपालिका–५ का गजेन्द्र साह घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

सोही नगरपालिकाको नगरप्रमुखका प्रत्याशी दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद भएको र झडप भएको प्रहरीले जनाएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासका साथै हवाई फायर गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)