छोराको न्याय माग्दै आमा प्रहरी चौकीमा, प्रहरी भन्छ, ‘यो आत्महत्या हो’
deshsanchar.com · Thu Jun 11 17:10:35 UTC 2020
जनकपुरधाम- प्रहरी हिरासतमै हत्या गरेको भन्दै शभ्मु सदाकी आमा सियाली सदा न्यायका लागि गुहार गर्दै जनकपुरधाम पुगेकी छिन्। धनुषाको इलाका प्रहरी कार्यालय सबैलामा आत्महत्या गरेको भनिएका शम्भु सदाको आमा छोरा वियोगमा क्षणमै अचेत हुन्छिन्।
बुधबार बिहान करिब दुई बजेको समयमा इलाका प्रहरी कार्यालयको शौचालयमा झुण्डिएको अवस्थामा शम्भुको शव फेला परेको थियो। उनी सवारी ज्यान मुद्दामा थुनुवा थिए। शम्भुले थुनुवा कक्षमा हुँदा आमा सियालीलाई भनेका थिए, ‘आमा मलाई चाँडो छोडाउनुस्, नभए मलाई यहीँ मार्छन्, हिरासतबाट छिटो ननिकालेमा मेरो ज्यानको खतरा छ।’
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)