मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बुद्धिबंगारा आउँदा किन दुख्छ ?

farakdhar.com · Wed Apr 21 23:19:34 GMT 2021

एजेन्सी– हाम्रा दाँतहरुमध्ये सबैभन्दा ढिलो आउँछ बुद्धिबंगारा । सामान्यतया १८ वर्ष पुगेपछि मात्र यो दाँत पलाउन थाल्छ । कसैकसैमा त अझ ढिलोसम्म पनि यो दाँत आउँछ । दाँत नै भए पनि यो दाँतले खाना चपाउन यसले कुनै सहयोग गर्दैन । यसको काम त आउँदा व्यक्तिलाई पीडा दिने मात्रै हो । त्यसैले पनि पश्चिमा देशहरुमा यो फाल्ने गरिन्छ । तर, नेपालमा सहेर भए पनि बुद्धिबंगारा बाहिर निस्कँदासम्म चुपचाप बसिन्छ । आखिर बुद्धिबंगारा आँउदा किन दुख्छ ? केही कारणः

बुद्धिबंगारा एकैपटकमा आउँदैन । पटक–पटकमा थोरै–थोरै गर्दै आउँछ । यसैले लामो समयसम्म दुःख दिन्छ । यो आउने ठाउँ नै थोरै हुने भएकाले फुट्ने क्रममा अप्ठ्यारो भएर पीडा हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)