महानगरले रोके पनि खुलामञ्चमा खाना खुवाइयो
baahrakhari.com · Tue Nov 17 16:04:00 UTC 2020
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (मंसिर २ गते) देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टिम नेपालले खाना खुवाएको छ ।
कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना खुवाउन बाध्य भएको हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । महानगरपालिकाले मंसिर २ गतेदेखि खुलामञ्चमा भेला गराएर नभई कुनै पनि ठाउँमा व्यवस्थित गरी खाना खुवाउन हाम्रो टिम नेपाललाई आग्रह गरेको थियो । सोहीअनुसार आजदेखि खुलामञ्चमा खाना नखुवाउने सम्झौता पनि भएको थियो । तर खाना खुवाउनका लागि उचित ठाउँ व्यवस्था गर्न नसकिएकाले फेरि पनि त्यहीँ खाना खुवाउन आफूहरु बाध्य भएको पन्तले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)