ग्यासको फरक फरक मूल्यले उपभोक्ता ठगिँदै
karobardaily.com · Wed Dec 09 16:55:50 UTC 2020
डडेल्धुरा जिल्लामा पसल अनुसार खाना पकाउने एलपी ग्यासको मूल्य फरक फरक लिने गरेको पाइएको छ । यहाँका ग्यास डिलरमा एक मूल्य तथा सव–डिलरमा अर्को मूल्य लिइ ग्यास बिक्री वितरण गर्न थालेको उपभोक्ताले गुनासो गरेका छन् । पसलैपिच्छे ग्यासको फरक मूल्य लिन थालेपछि उपभोक्ता मारमा परेका छन् ।
जिल्लाको बागबजार, तुफानडाडा, कृतिपुर, बिद्युतरोड र पोखरा बजारमा खाना पकाउने एलपी ग्यासमा रकम बढी लिई ग्यास बिक्री वितरण गर्ने गरेका कारण उपभोक्ता ठगिँदै आएको अमरगढी नगरपालिका स्थानीय मीनबहादुर थापाले बताए । उनले भने, “डिलर र सव–डिलरमै ग्यासको मूल्य फरक हुँदा हामी उपभोक्ता ठगिएका छौं ।”
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)