लिफ्टिङमार्फत काभ्रेगाउँमा ‘एक घर, एक धारा’
barnanmedia.com · Fri May 02 22:07:14 GMT 2025

बागलुङ नगरपालिका–१३ काभ्रेडाँडामा ‘एक घर, एक धारा’ निर्माण भएको छ । लामो समयदेखि खानेपानीको समस्या हुँदै आएको यस गाउँमा करिब १०० मिटर तल रहेको फुस्रेखोलाबाट लिफ्टिङमार्फत पानी ल्याई एक घर, एक धारा निर्माण गरिएको हो । घर–घरमा धारा बनेपछि स्थानीयवासी खुसी भएका छन् ।
लिफ्टिङमार्फत पानी तानेर गाउँमा छ हजार र आठ हजार लिटरको दुई वटा धारा ट्याङ्की निर्माण गरी गाउँमा पानी वितरण गरिएको छ । बागलुङ नगरपालिकाको रु आठ लाख ८४ हजार ६९०, नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को रु ११ लाख ७३ हजार ५० र जन श्रमनाद रु चार लाख दुई हजार ९६० गरी कुल रु २४ लाख ६० हजार ७०० लागतमा एक घर एक धार निर्माण भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)