रुसमा १ लाखभन्दा बढी नागरिकले कोभिड १९ को खोप लगाए
ratopati.com
एजेन्सी । रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो ।
सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका छन् । साथै उनले रुसले यहाँका नागरिकलाई सो खोप लगाएकोे बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)