निमित्त प्रहरी महानिरीक्षक शाहीद्वारा निर्देशन
dcnepal.com · Sun Nov 21 16:51:22 GMT 2021
काठमाडौं ।नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक निरजबहादुर शाहीले प्रहरी कर्मचारीलाई सङ्गठनको नीति निर्देशन एवं प्रचलित कानुन अनुसार परिचालित भई काम गर्न निर्देशन दिएका छन् ।
हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई आज यहाँ निर्देशन दिँदै उनले सङ्गठनको उद्देश्य हासिल गर्न सुम्पिएको जिम्मेवारीलाई निष्पक्ष र पारदर्शीताका साथ पालना गर्न निर्देशन दिए । अपराध नियन्त्रण तथा अनुसन्धान, विपद् व्यवस्थापन, ट्राफिक व्यवस्थापन, चोरी तस्करी नियन्त्रणलगायत विषयमा विशेष चनाखो भई सामूहिक भावनाका साथ काम गर्न सो अवसरमा उनले निर्देशन दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)