घनश्याम भुसालले ओली र प्रचण्डलाई सुनाए दोस्रो पुस्ताका नेताहरुको सन्देश
nayapage.com · Fri Jul 03 18:08:18 UTC 2020
काठमाडौं, असार १९ : नेकपा स्थायी समिति सदस्य एंव कृषि मन्त्री घनश्याम घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर दोस्रो पुस्ताका नेताहरुको सन्देश सुनाएका छन् । शुक्रबार अध्यक्ष ओली र प्रचण्डलाई भेटेर विवाद जुन तहमा पुगेको छ, त्यो भन्दा अघि नजान र सहमतिको लागि नयाँ आधार तय गर्नका लागि सुझाव दिएका हुन् ।
नेकपाको भित्रको विवाद चर्किदै गएको बेला शुक्रबार मन्त्री भुसालको पुल्चोक स्थित सरकारी निवासमा नेकपाका दोस्रो तहका ११ नेताहरुको बैठक बसेको थियो । भुसालको संयोजनमा बसेको बैठकमा तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र दुवैतर्फका ११ जना नेताहरु सहभागी भएका थिए । छलफलले पार्टी एकताको आधारबाट पछि हट्न नहुने सुझाव दिने निचोड निकालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)