भारतमा कोरोनाको कारण बितेको २४ घण्टामा ८२ जनाको मृत्यु
lokpath.com · Mon May 11 17:57:17 UTC 2020
काठमाडौं । छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २ हजार २ सय ९४ पुगेको । भने यो समाचार तयार पार्दासम्म त्यहाँ ७० हजार ७ सय ६५ जनामा कोरोना संक्रमण फैलिएको छ ।
भारतमा बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ८२ जनाको ज्यान गइसकेको छ भने ३ हजार ६ सय ४ जनामा कोरोना संक्रमण फैलिएको तथ्यांकले देखाएको छ । हालसम्म भारतमा २२ हजार ५ सय ४९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् तर त्यहाँ कसैको पनि अवस्था गम्भीर रहेको छैन् । त्यस्तै हालसम्म भारतमा १६ लाख ७३ हजार ६ सय ८८ जनामा कोरोना परीक्षण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)