मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

स्वामित्वको समस्याले पुनर्निर्माण रोकियो

gorkhapatraonline.com · Sun Sep 11 00:32:49 GMT 2022

काठमाडौँ, भदौ २६ गते । जग्गाको स्वामित्व हस्तान्तरण नहुँदा काठमाडौँको वसन्तपुरस्थित नेपाल संस्कृत विश्वविद्यालयको भवन बेवारिसे बनेको छ। २०७२ सालको भूकम्पले नेसंविको पुरानो भवनलाई निकै क्षति पु-याएको थियो। २०४३ सालमा नेसंवि स्थापना भएपछि उक्त भवन र जग्गा भोगचलन गर्न त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले उपलब्ध गराएको थियो। त्रिविले भोगचलन गर्न दिए पनि नेसंविमा नामसारी भएको छैन।

नेसंविको सो भवन भत्किने स्थितिमा पुगेको छ। भूकम्पपछि टेकोले धानेको त्यो भवन कुनै पनि बेला दुर्घटना हुन सक्ने अवस्थामा छ र त्यस्तो स्थितिमा मानवीय क्षतिसमेत हुन सक्नेमा स्थानीय निकै त्रसित छन्। भूकम्प जानुअघिसम्म त्यहाँ नेसंविको सम्पर्क कार्यालय थियो। जीर्ण भवन वरपर चिया पिउनेदेखि घुम्न जाने पर्यटक झुम्मिएर बस्ने गरेका छन्। जीर्ण भवनका बारेमा कसैले पनि हेक्का राख्ने गरेका छैनन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)