मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीका नाममा शेष घलेले गरे फर्जी

barnanmedia.com · Fri May 02 22:43:17 GMT 2025

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कथित उच्चस्तरीय समितिका नाममा पूर्वअध्यक्ष शेष घलेले फर्जी काम गरेका छन् । उनले राष्ट्रिय समन्वय परिषद् र मतदाताहरू नक्कली बनाएर मात्र किर्ते गरेका छैनन् । देशका सरकार प्रमुख र राष्ट्र प्रमुखका नाममा समेत फर्जी काम गरेको पाइएको छ ।

अवैध रुपमा संघको शक्ति हत्याउन लागिपरेका शेषले शीतलनिवासको स्वीकृतिबेगर राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि भन्ने भनी प्रचार गरेर गैरआवासीय नेपालीहरुलाई भुलभुलैया र प्रभावमा पारेको पाइएको छ । आम प्रवासी नेपालीले उनले घोषणा गरेको महाधिवशेनलाई नपत्याएपछि उनले राष्ट्रपतिदेखि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको नाम समेत बेचेको भेटिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)