कोरोना विश्व अपडेट : ४ लाख ६ हजार बढीको मृत्यु, कति पुगे संक्रमित ?
lokpath.com · Wed Jun 10 18:08:12 UTC 2020
काठमाडौं – कोरोना महामारीले अहिले सारा विश्व नै त्रस्त छ । यो समाचार तयार पर्दासम्म विश्वभर ४ लाख १६ हजार ९८ जनाको मृत्यु भएको छ भने ७३ लाख ९१ हजार ८४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या ३७ लाख ५ सय ४१ रहेको छ ।
संयुक्त राज्य अमेरिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १ लाख १४ हजार ४ सय १४ पुगेको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा २० लाख ५३ हजार ७ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ८ हजार १ सय ७३ जना कोरोना संक्रमित थपिएको र २ सय ६६ जनाको ज्यान गएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । हालसम्म ७ लाख ९ हजार ५ सय ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ८ सय ७५ जनाको अवस्था गम्भीर रहेको तथ्यांकले देखाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)