मुहान हेर्न दक्षिणकाली गए मन्त्री
janaaastha.com · Mon Mar 01 16:54:28 UTC 2021
खानेपानी तथा सरसफाई मन्त्री मणिचन्द्र थापाले काठमाडौँको दक्षिणकालीस्थित ग्वाल दहको निरीक्षण गर्नुभएको छ ।
खानेपानीको समस्या भोगिरहेका दक्षिणकाली नगरपालिकाका स्थानीयको मागअनुसार थापा खानेपानीको मुहान निरीक्षणका लागि त्यहाँ पुग्नुभएको हो । सो क्रममा उहाँले नगरपालिकास्थित कुटुली मूल, चन्द्रज्योति,फर्पिङ पावरहाउस र सोखेलस्थित चन्द्रज्योति विध्युत गृहको पोखरी सातमुले पानी ट्याङ्कीकोसमेत स्थलगत निरीक्षण गर्नुभएको छ ।