नेपाल प्रजातान्त्रिक महासंघ सुदूरपश्चिमको प्रचार विभागको संयोजकमा बस्नेत
hamrakura.com · Sun Oct 04 17:37:00 UTC 2020
कञ्चनपुर। नेपाल प्रजातान्त्रिक महासंघ सुदूूरपश्चिम प्रदेशको सूचना तथा प्रचार विभागको संयोजकमा कन्चनपुर पुनर्वासका पत्रकार दीपेन्द्र बस्नेत मनोनित भएका छन् । नेपाल प्रजातान्त्रिक महासंघको शनिवार बसेको पदाधिकारी बैठकले पत्रकार महासंघ सुदूरपश्चिमका पार्षद एवं प्रेस युनियन सुदूरपश्चिम पार्षद समेत रहेका बस्नेतलाई संयोजकमा मनोनित गरेको हो ।
संघको शनिवार बसेको बैठकले संयोजकमा वस्नेतलाई जिम्मेवारी सहित मनोनयन गरेको नेपाल प्रजातान्त्रिक महासंघ केन्द्रीय सदस्य एवं सूचना तथा प्रचार विभाग संयोजक रोजी ढकाल पराजुलीले जानकारी दिइन।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)